Browsing Category

अन्तर्राष्ट्रिय

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा १३ जनाको मृत्यु

एजेन्सी : इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ । पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको हो । ज्वालामुखी विस्फोटमा परेर ९८ जना घाइते भएका छन् ।

बेलायतमा हालसम्म ४२ जनामा ओमिक्रोन संक्रमण पुष्टि

एजेन्सी : बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

एजेन्सी : अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा

ओमिक्रोन भेरियन्टले विश्वभर उच्च जोखिम बढाएको डब्लुएचओको चेतावनी

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दिएको छ । डब्लुएचओले नयाँ भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो ।

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध हटाउन दक्षिण अफ्रिकाको आह्वान

एजेन्सी : दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् । आइतबार भाषण गर्दै रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै

मेक्सिकोमा बस दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी : मेक्सिकोमा बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मध्य मेक्सिकोको धार्मिकस्थलतर्फ गइरहेको बस मेक्सिको सिटीको दक्षिणपश्चिममा रहेको जोक्विसिङ्गो शहरमा बस सो बस दुर्घटना परेको हो । बस दुर्घटना हुँदा थप ३२ यात्रु

डब्लुएचओले नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राख्यो, नियन्त्रणका लागि नयाँ निर्देशिका जारी…

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले दक्षिण अफ्रिकामा भेटिएको उत्परिवर्तित ‘म्युटेट’ कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा राखेको छ । ‘म्युटेट’ भाइरसले संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा

रुसको कोइला खानीमा दुर्घटना, ५२ जनाको मृत्यु

एजेन्सी : रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएपछि निसास्सिएर मजदुरहरुको मृत्यु भएको हो । दुर्घटनामा परी ४९ जना मजदुर घाइते भएका छन् । उनीहरुमध्ये चारजनाको

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा

एजेन्सी : स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि म्याग्डलेना यान्डरसनले प्रधानमन्त्री भएको केही घण्टामै राजीनामा दिएकी हुन् ।

बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु

एजेन्सी : बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा इङलिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु भएको छ । फ्रान्सको कालेइ नजिकै रहेको इङलिस च्यानल नजिकैको नहरमा डुंगा डुबेको हो । मृत्यु हुनेमा पाँच महिला र एक बालक रहेका छन् । शुरुमा ३१ जना