स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा

0

एजेन्सी : स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि म्याग्डलेना यान्डरसनले प्रधानमन्त्री भएको केही घण्टामै राजीनामा दिएकी हुन् ।

साझेदार दलले समर्थन फिर्ता लिएर बजेट पारित हुन नसकेपछि उनको राजीनामा आएको हो । उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएका भन्दै बजेटमा असहमित जनाएको थियो ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताएकी छन् ।

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन् । बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन् ।

स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्रेट नेता यान्डरसन नियुक्त भएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.