ओमिक्रोन भेरियन्टले विश्वभर उच्च जोखिम बढाएको डब्लुएचओको चेतावनी

0

एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दिएको छ ।

डब्लुएचओले नयाँ भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन् ।

ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको उनको भनाइ छ । टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ/छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको पनि बताए ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ । यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ ।

भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ । तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.