इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा १३ जनाको मृत्यु

0

एजेन्सी : इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ । पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको हो ।

ज्वालामुखी विस्फोटमा परेर ९८ जना घाइते भएका छन् । बेपत्ताहरुको यकिन संख्या भने थाहा हुन सकेको छैन ।

ज्वालामुखीबाट निस्किएको तातो लाभा तथा खरानीले स्थानीय गाउँ ढाकिँदा मानवीय क्षति भएको हो । शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन् ।

ज्वालामुखीबाट नजिक रहेको लुमाजङ जिल्लाको गाउँबाट तीन सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार तथा राहतको काम जारी नै रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.