रुसको कोइला खानीमा दुर्घटना, ५२ जनाको मृत्यु

0

एजेन्सी : रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएपछि निसास्सिएर मजदुरहरुको मृत्यु भएको हो ।

दुर्घटनामा परी ४९ जना मजदुर घाइते भएका छन् । उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ । २ सय ८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि अधिकांश भने भागेका थिए ।

दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै उद्धार कार्य रोकिएको छ । ग्यासका कारण खानीमा पुन विष्फोट हुन सक्ने आशंका गरिएको छ ।

यसअघि खानीमा फसेका मानिसको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको थियो । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

केमेरोभो क्षेत्रमा रहेको यो खानी राजधानी सहर मस्कोबाट ३ हजार ५ सय किलोमिटर टाढा रहेको छ । खानी दुर्घटना रुसको लागि पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो संकट मानिएको छ ।

Leave A Reply

Your email address will not be published.