आरोग्य पर्यटनको प्रबर्धनका लागि ब्रसेल्समा नेपाली दुतावासले मनायो “अन्तर्राष्ट्रीय आरोग्य दिवस”

0

नेपाली दुतावास बेल्जियमको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस योग ध्यान र आरोग्य सम्बन्धि कार्यक्रम गरि मनाइएकोछ । युरोपियन युनियनको साउथ एसिया स्टडी सेन्टरमा आयोजना गरिएको कार्यकममा बिभिन्न देशका राजदुतहरु, युरोपियन युनियन र बेल्जियम सरकारका प्रतिनिधि एबम नेपाली समुदायको उपस्थिति रहेको थियो।

संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताब पारित गरे पछि पहिलो पटक ब्रसेल्समा नेपाली दुतावासले आरोग्य शभाको आयोजना गरेको हो।

बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल लगायत उपस्थित विभिन्न् देशका राजदुतहरुले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा पराष्ट्रमन्त्रि शिशिर खनाल, जीबन बिज्ञान गुरु एलपी भानु शर्मा, आयुर्बेद डाक्टर रमेश अधिकारीले डिजिटल सम्बोधन गर्नु भएको थियो । योग ध्यान प्रशिक्षक ओम शर्माले ध्वनि र औरा ध्यान गराउनुभएको थियो भने बिपस्यना गुरुमाहरु सलायै दा बज्रयानी र बुद्धरापली मधुभानिनीले बिपस्यना ध्यान गराउनुभएको थियो ।

बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले अतिथिहरुलाई स्वागत गर्दै ज्ञानभूमि नेपालले विश्वमा शान्ति र सदभाब वृद्धि गर्न आफ्नो परम्परा र संस्कृति मार्फत योगदान गर्न सक्छ भन्नु भयो। उहाँले योग,आयुर्बेद र हिमालयन सम्पदाको धनि नेपालको भ्रमण गरेर आनन्द प्राप्त गर्न आह्वान गर्नुभयो।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले स्वस्थ्य व्यक्तिले मात्र स्वस्थ समाज निर्माण गर्ने हुदा नेपालमा स्थानिय जडिबुटी मार्फत हुने प्राकृतिक चिकित्साले दिगो बिकास र बिश्व शान्तिका लागि सक्दो प्रयास गर्छ भन्नुभयो ।

जीबन बिज्ञानबिज्ञ एलपी भानु शर्मा शर्माले योग ध्यान मार्फत आरोग्य बढाउन सकिन्छ भन्नुभयो भने डाक्टर रमेश अधिकारीले आयुर्बेदको महत्व बारेमा बिस्तृत प्रकाश पार्नुभयो । युरोपियन युनियनका साउथ यसिया बिभाग कार्यबाहक प्रमुख मिसल फेस्ताले नेपालले विश्व शान्ति र आरोग्य मार्फत विश्वलाई खुसि राख्न गरेको प्रयास प्रशंशनीय छ भन्नुभयो ।

नेपाल पर्यटन बोर्डले तयार गरेको नेपालको प्राकृतिक श्रब्य दृश्य सामग्री प्रदर्शन गरिएको कार्यक्रममा अतिथिहरुलाई स्वस्थ नेपाली परिकारको खाजा सहित नेपाल प्रबर्धन गर्ने जानकारी प्रदान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.