अमेरिकि पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प अदालतबाट दोशी ठहर,

0

अमेरिकाको ईतिहासमा पहिलो पटक देशको पूर्ब राष्ट्रपति अदालतबाट दोषी ठहरिएका छन ।
पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्प ३४ वटा अपराधिक चiर्जमा दोसी ठहर भएका हुन ।

सन २०१६ मा राष्ट्रपति निर्वाचनको प्रचार प्रसारको क्रममा उनले एकजना पोर्नस्टारसँग सम्बन्ध राखेको र चुनावी प्रयोजनका लागि संकलन भएको चन्दाबाट रकम तिरेको विषयलाई लिएर न्यूयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो । ३४ वटा गल्ती गरी राज्यलाई ढाँटेको अभियोगमा न्यूयोर्क राज्यको सर्वोच्च अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

सन् २०१६ को चुनावी प्रचारको क्रममा ट्रम्पले सारिरिक सम्बन्ध राखेका पोर्नस्टार बाहिर आएपछि तिनलाई चुप लगाउन चन्दाको लागि संकलन भएको रकमबाट भुक्तानी गरिएको थियो । त्यतिखेर ती पोर्नस्टारलाई ट्रम्पको चुनावी क्याम्पेन फण्डबाट एकलाख ३० हजार डलर दिएर उनिहरुको सम्बन्ध बारे नबोल्न सम्झौता गरिएको थियो ।

लामो समयसम्म २० भन्दा बढी साक्षी एवं प्रत्यक्षदर्शीहरुसँग अदालतले लिएको वयान र अनुसन्धानबाट पूर्ब राष्ट्रपति ट्रम्प दोषी ठहर भएका हुन् । ट्रम्प जुलाई महिनामा जेल जानु पर्नेछ तर पुनराबेदनको अधिकार प्रयोग गर्न उनलाई अमेरिकि कानुनले अधिकार दिएकोछ ।

ट्रम्प दोसी करार भए पछि रिपब्लिकन नेताहरुले राष्ट्रपती बाइडन र अमेरिकि न्याय प्रशासनको आलोचना गरेका छन भने डेमोक्याटहरुले कानुन भन्दा माथि कोही नहुने भन्दै उक्त फैसलाको स्वागत गरेकाछन ।

Leave A Reply

Your email address will not be published.