अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीन विद्यार्थीको मृत्यु

0

एजेन्सी : अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् । डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो ।

अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ । सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको घटनामा ती छात्र मात्रै संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

प्रहरीले खबर पाएको पाँच मिनेट भित्रै आक्रमणमा संलग्न भएको अभियोग लागेका छात्रले आत्मसमर्पण गरेको अधिकारीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.