दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटिमा छोड्ने आदेश ,

0

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री एबम आमा आदमी पार्टिका संयोजक अरबिन्द केजरिवाललाई दिल्लीको राउज एभेन्यु कोर्ट ( जिल्ला अदालत ) ले धरौटिमा छोड्ने आदेश दिएकोछ । मदिरा पसललाई लाइसेन्स दिदा अनियमितता गरेको आरोपमा उनी जेलमा थिए ।

आयकर बिभागका वकिलहरुले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न बिहीवार अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको केजरिवालका वकिल बिबेक जैनले संचारमाध्यमहरुलाई बताएकाछन ।

केजरिवालको लोकप्रियताबाट डराएर भाजपा एबम भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनलाई झुठ्ठा आरोपमा जेल हालेको धेरैको आँकलन रहेकोछ ।

अदालतको केजरिवाललाई जमानत दिने निर्णयले भाजपाले गलत गरेको प्रमाणित भएको भारतीय बिपक्षी पार्टिका नेताहरुले बताएकाछन ।

Leave A Reply

Your email address will not be published.