मेक्सिकोमा बस दुर्घटना, १९ जनाको मृत्यु

0

एजेन्सी : मेक्सिकोमा बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मध्य मेक्सिकोको धार्मिकस्थलतर्फ गइरहेको बस मेक्सिको सिटीको दक्षिणपश्चिममा रहेको जोक्विसिङ्गो शहरमा बस सो बस दुर्घटना परेको हो । 

बस दुर्घटना हुँदा थप ३२ यात्रु घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि टोलुकाको अस्पतालमा भर्ना गरिएको छ । 

घाइतेको उद्दारमा हवाई एम्बुलेन्ससमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर एउटा भवनमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.