ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध हटाउन दक्षिण अफ्रिकाको आह्वान

0

एजेन्सी : दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् ।

आइतबार भाषण गर्दै रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका हुन् ।

रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् । उनले नयाँ भेरियन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरू प्रभावकारी नहुने तर्क पनि गरे ।

रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरियन्टहरू टार्न नसकिने पनि स्पष्ट पारेका छन् । रामापोसाले नागरिकहरुलाई खोप लगाउन आह्वान समेत गरेका छन् ।

दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, बेलायत, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् । अति उत्परिवर्तित यो भेरियन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । ओमिक्रोन अहिले बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत विश्वका थुप्रै देशमा भेटिएको छ ।

Leave A Reply

Your email address will not be published.