राजदुत थापा संयुक्त राष्ट्रसंघको अर्थ एबम सामाजिक परिषद (एकोसोक)को अध्यक्ष निर्बाचित,

0

संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापा सयुंक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद(एकोसोक)को अद्यक्ष निर्बाचित हुनुभएकोछ। अगस्त १ २०२५ बाट एक बर्षका लागि अध्यक्ष निर्बाचित हुनुभएका थापा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको स्थायी प्रतिनिधि हुनुहुन्छ।

बेनेलक्सका लागि नेपालका राजदुत रही सक्नु भएका थापा कुसल कुटनीतिज्ञ मानिनुहुन्छ।

अन्तराष्ट्रिय सहयोग र स्थायी सामाजिक बिकाशका लागि नीतिनिर्माता रहेको राष्ट्रसंघिय मिसनको अध्यक्षता प्राप्त गर्नु नेपालका लागि गौरबको बिषय भएको कुतिनितिका विज्ञहरुले बताएकाछन।


एकोसोकको अध्यक्ष निर्बाचित थापाले पद तथा गोपनियताको सपथ लिए पछि भन्नुभयो ” नेपालका लागि यो ऐतिहासिक क्षण भएको र बहुपक्षीय सम्बन्धलाइ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।

 न्याय संगत, समाबेसी, समतामुलक एबम सुद्रिढ बिश्व निर्माणका लागि योगदान गर्ने नेपालको चाहना राखेकोछ भन्नुभयो। नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको ७० बर्ष पुगेको अबसरमा पाएको यो जिम्मेवारीलाई विश्व शान्ति, सुरक्षा,बिकाश एबम मानवाधिकार सुध्रिढ गर्न प्रयोग गर्ने थापाले बताउनुभयो।
थापाले एकोसोकको 80 औ बर्षमा यस उच्चस्तरीय परिषदको कार्यको समिक्षा गरि संस्थागत सुद्रिढताका लागि काम गर्ने बिश्वास दिलाउनुभयो।

Leave A Reply

Your email address will not be published.