बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा डुब्दा २७ जनाको मृत्यु

0

एजेन्सी : बेलायत जाँदै गरेका शरणार्थी सवार डुंगा इङलिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु भएको छ । फ्रान्सको कालेइ नजिकै रहेको इङलिस च्यानल नजिकैको नहरमा डुंगा डुबेको हो । मृत्यु हुनेमा पाँच महिला र एक बालक रहेका छन् ।

शुरुमा ३१ जना डुबेको विवरण आएपछि फ्रान्सको प्रहरीले पछि मृत्यु हुनेको संख्या २७ मात्रै रहेको जनाएको हो । फ्रान्सेली तथा बेलायती अधिकारीहरुले हवाई तथा जल मार्गबाट उद्धारको काम गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । बेलायती प्रधानमन्त्री जोन्सन र फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोँनले टेलिफोन संवाद गरी आप्रवासीलाई जोखिमपूर्ण यात्रा गराउने समूहलाई रोक्नका लागि सक्दो सबै प्रयास गर्ने सहमति गरेका छन् ।

सन् २०१४ देखि तथ्यांक संकलन गर्न थालिए यता च्यानलमा डुंगा डुबेर यति धेरै संख्यामा मृत्यु भएको पहिलो घटना भएको शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.