नेपालमा थपिए ४१२ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या एक हजार नौ सय तीन पुगेको हो । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात

अल्पमतमा परेपछि ओलीले राजीनामा दिनुपर्थ्यो : बामदेव गौतम

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने

काष्ठमण्डप पुनः निर्माण ८५ प्रतिशत सम्पन्न

काठमाडौं : काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने

प्रचण्ड-माधव समूहले नागरिक समूहसँग अन्तरक्रिया गर्दै

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको दलले सरकारी कदमको विरोधमा बृहत अन्तरक्रिया गर्न लागेको हो । काठमाडौं नयाँ बानेश्वरस्थित एक होटलमा अपराह्न दुई

संसद विघटनविरुद्ध चितवनमा प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

चितवन : नेकपा प्रचण्ड-माधव निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत उनीहरुले पुत्ला जलाएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले हिंसा मच्चाएपछि वासिङ्टनमा कर्फ्यू

एजेन्सी : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ । ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनमा आयोजना गरेर उनले राजीनामा घोषणा गरेका हुन् । विद्यमान राजनीतिक परिस्थितिका कारण

नेपालमा थपिए ४०९ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार सात सय छ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६५ जना पुरुष र १ सय ४४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा न्यायाधीश कार्की नबस्ने

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटन विरूद्ध परेका रिटकाे सुनुवाइका लागि गठित बेञ्चमा नबस्ने निर्णय गरेका छन् । कार्की अघिल्लो पटकको केपी शर्मा ओलीको सरकारमा महान्यायाधिवक्ता भएको विषय कानून

मौसममा सुधार : काठमाडौंमा वायु प्रदूषण घट्यो

काठमाडौं : काठमाडौंलगायत देशभरको मौसममा आजदेखि सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आज बिहानैदेखि सुधार भएको हो । मौसम पूर्वानुमान महाशाखाले प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँको मौसम आज सफा रहने