नेपाल र बेल्जियमको दौत्य सम्बन्ध स्थापनाको ५०सौ बर्षगाठ र भगवान गौतम बुद्धको २५७० औं जन्मजयन्तीको अवसरमा नेपाली दूतावास बेल्जियमले विश्व शान्तिको कामना गर्दै एक प्रार्थना शभा र शाति पदयात्रा सम्पन्न गरेकोछ ।
सन् २०१५ मा एन्तवेर्पेन महानगरपालिका र नेपाली मिलन केन्द्रको सहकार्यमा नेपाली दुतावासले विलरेक मिदलहेम म्युजियम पार्कमा स्थापना गरेको भगवान गौतम बुद्धको मुर्ति अगाडी आयोजित कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले दुइ देश बीचको लामो मित्रता र यहाको नेपाली समुदायले बेल्जियमबाट पाएको आत्मिय साथका लागि धन्यबाद दिदै इगो र युद्धले आक्रान्त आजको बिश्वमा भगवान गौतम बुद्धको संदेश अझ सान्धर्भिक भएकोछ भन्नुभयो। उहाले प्राकृतिक सुन्दरता र मौन, शान्तिको उपहार लिएर नेपाल सधै प्रतिक्षारत रहेकोले एक पटक नेपालको भ्रमण गरेर खुसि प्राप्त गर्न अनुरोध गर्नु भयो।
समाजवादी पार्टी भुरऔइतका नेता,एबम एन्तवेर्पेन महानगरका उपमेयर करिम बासारले शान्तिका अग्रदुत गौतम बुद्धको देशका नागरिक पनि यो सहरमा बसोबास गर्छन भदा आफुलाई खुसि हुने बताउदै आयोजक र उपस्थित नेपालीहरुलाई बधाई दिए।
बौद्ध गुरु रेंपोचे वागीन्द्र सिलले जीबनका हरेक कठिन अबस्थामा बुद्धको शिक्षा सहयोगी हुने र आत्मा शान्ति मिल्ने हुदा हामि नेपाली जहाँ रहे पनि बुद्धको उपदेश आफुले पनि अबलम्बन गरौ र अरुलाई सिकाउ भन्नु भयो।



जिबन बिज्ञानकि प्रशिक्षक सबिता दाहालले नमस्कार प्रणायम ध्यान गराउनु भयो । सहभागीहरुले दीप प्रज्वलन र फुल अर्पण गरि बुद्ध प्रार्थना गरेका थिए।
नेपाली मिलन केन्द्र एन्तवेर्पेनले सहभागीहरुलाई फलफुल वितरण र जलपान गराएको थियो।
बौद्ध गुरु वागीन्रा सिल, राजदुत लम्साल , उपमेयर वाकर सहित नेपाली दुताबास परिवार र बेल्जियमबासि नेपालीहरुले शान्ति पदयात्रामा सहभागी भएर विश्व शान्तिको कामना गरे।
झरीको मौसममा पनि भगवान बुद्धको चरणमा विश्व सान्तिको कामना गर्न, पत्रकार साहित्यकार, नेपाली संघ संस्थाका प्रतिनिधि तथा आस्थावान नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।