मौसममा सुधार : काठमाडौंमा वायु प्रदूषण घट्यो

0

काठमाडौं : काठमाडौंलगायत देशभरको मौसममा आजदेखि सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आज बिहानैदेखि सुधार भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँको मौसम आज सफा रहने जनाएको छ । बादल हटेर आकाश केही खुलेसँगै काठमाडौंमा वायु प्रदूषण पनि घटेको छ ।

जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषण पुरै हट्न भने समय लाग्ने विज्ञहरुको भनाइ छ । उपत्यका बाहिर विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा पनि वायु प्रदूषण बढेको छ ।

यसअघि काठमाडौं उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिक रुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरेको थियो । मौसममा सुधार आएसँगै वायु प्रदूषण कम हुने अपेक्षा रहे पनि सावधानी अपनाउन बातावरण विभागले आग्रह गरेको छ ।

तुलनात्मक रुपमा जाडो याममा वायुको गति कम हुने तथा हावामा आद्रता बढि हुँदा धुलोका कणहरु वायुमण्डलको तल्लो तहमै रहँदा प्रदूषण बढि हुने गर्दछ । सोमबारदेखि विशेष गरि काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्याधिक मात्रामा बढेको थियो ।

Leave A Reply

Your email address will not be published.