धादिङ समाज बेल्जियमले जिल्लाबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय समितिमा निर्वाचित दुईजना उपाध्यक्षहरू लोक दाहाल र रामशरण सिंखडालाई सम्मान गरेको छ। बुधबार एन्तवेर्पेनमा आयोजित विशेष सम्मान कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू तथा बेल्जियमस्थित नेपाली समुदायको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले धादिङ जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको संस्थामा नेतृत्वदायी भूमिकामा पुग्नु जिल्लाकै गौरवको विषय भएको बताएका थिए। कार्यक्रममा एनआरएन अध्यक्ष हेमराज शर्मा, महासचिब चिरन्जिबी खड्का, पूर्व यूरोप आरसिसि सन्तोष भट्टराई र नेपाली ब्यबसायी संघ नेदरल्याण्डका अध्यक्ष संघर्षशिल केसीलाई सम्मान गरिएको थियो।
एनआरएनए अध्यक्ष शर्माले एनआरएन भित्र बिबाद आउदा धादिङ्ग समाज जस्ता जिल्लाबासीका संस्था र समाजले एनआरएन अभियानलाई बचाएको र आफुहरुलाई एकताबद्ध भएर नेपाल र नेपालीका लागि काम गर्न सहयोग गरेको बताउनु भयो।
सम्मानित व्यक्तित्व लोक दाहालले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै विदेशमा रहेका नेपालीहरूको हकहित, एकता र नेपालको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसै गरि अर्का उपाध्यक्ष रामशरण सिंखडाले प्रवासमा जिल्लाबासीको एकताले सामाजिक काम सहज हुने , सहयोग र साझेदारीले आत्माविश्वास बढाउने र समग्रमा आफ्नो जन्मथलोका लागि योगदान दिन सकिन्छ भन्नु भयो। उहाले एनआरएनएलाई बलियो बनाउन र बाटो बिराए सचेत बनाउन धादिङ्ग समाज जस्ता संस्थाले सधै योगदान गरेकाछन् भन्नुभयो।
नेपालि ब्यबसायी संघ नेदरल्याण्डका अध्यक्ष संघर्षशील केसीले धादिङ्ग बासीका नाताले जिल्लामा सकेको सहयोग गर्ने र प्रवासमा एकापसमा जोडिएर सदभाब बढाउन सधै प्रयासरत रहेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले धादिङ्ग समाजले जिल्लाबासि नेताहरुलाई एनआरएन अभियानलाई एकता र सामुहिक भावनाको प्रतिनिधित्व गर्नका लागि पहरेदारी गरि रहनु पर्छ भन्नुभयो।
समाजका उपाध्यक्ष हरि सिंखडाले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
समाजका अध्यक्ष रमेश दाहालको सभापतित्व र महासचिब तेज अर्यालले संचालन गरेको कार्यक्रममा उहाहरुले सम्मानित व्यक्तित्वहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
