प्रचण्ड-माधव समूहले नागरिक समूहसँग अन्तरक्रिया गर्दै

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको दलले सरकारी कदमको विरोधमा बृहत अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौं नयाँ बानेश्वरस्थित एक होटलमा अपराह्न दुई बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनपछि पनि मुलुकमा गम्भिर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको सो दलका नेताले बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएपछि दाहाल नेपाल समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ । बुधबार पनि सो समूहले प्रमुख दलका नेतासँग अन्तरक्रिया गरेको थियो । प्रचण्ड-माधव समूहले अन्य दलहरुसँग आन्दोलनको सहकार्य गर्नेबारेमा पनि छलफल गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.