बुद्धिष्ट एसोसियसन बेल्जियमले पुजा प्रार्थना, ध्यान र लामा गुरु रेम्पोचे बगिन्द्र सिलको प्रबचन सहित बुद्ध जयन्ति मनाएकोछ । एक मे बुद्धपुर्णिमाको दिन स्कोतेन गुम्बामा आयोजना गरिएको शान्ति पुजा र प्रार्थना-शभामा नेपाली समुदायका भक्तजनहरुको उपस्थिति रहेको थियो ।
लामा गुरुहरुले पुजा सम्पन्न गरे संगै बौद्ध ग्रन्थ, बुद्धको तस्बिर, धुपदीप सहित विश्व शान्तिको कामना गर्दै गुम्बा परिक्रमा गरिएको थियो । गुम्बा परिसरमा लामबद्ध भएका बौद्ध अनुयायी र अन्य सहभागीहरुले गुरु बागीन्द्र शिललाइ पुष्प गुच्छा दिएर स्वागत गर्नुभएको थियो । गुरु र अतिथिहरुलाई स्वागत गरे पछि उहाहरुले दीप प्रज्वलन गरि प्रबचन कार्यक्रमको उद्घाटन गरिएको थियो।
गुरु बगिन्द्र शिलले भगवान गौतम बुद्धका जीबनपयोगी उपदेश र उहाको राजकीय जीबन, तपस्यारत समय र ज्ञान प्राप्त भएपछिका महत्वपुर्ण प्रेरक प्रशंग र तिनको व्याख्या गर्नुभएको थियो। जीबनमा दुख छ, दुखको कारण छ, कारणको निवारण छ र दुख निवारणको मार्ग छ भनि उल्लेख गर्नु भएका चार आर्यसत्यको बारेमा बुझाउदै आनापान र बिपस्यना ध्यान गराउनुभएको थियो।
बेल्जियमका बिभिन्न सहरबाट आएका श्रद्धालु एबम जिज्ञासुहरुले यस पबित्र दिनमा नेपालका राष्ट्रीय गौरब, भगवान गौतम बुद्धका उपदेशले ज्ञान पाएको र ध्यानले मन शान्त भएको बताएकाछन् ।
गुरु बगिन्द्र शिलबाट आशिर्बचन र प्रसाद पाएका भक्तजनले आयोजक संस्था बुद्धिष्ट एसोसियसन एबम स्वयंसेवा गर्ने र प्रसाद स्पोन्सर गर्ने सबै प्रति आभार प्रकट गरेकाछन्।
बुद्धिष्ट एसोसियसनका संयोजक लामा पालयुल ओगेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एसोसियसनका महासचिब अनु लोप्चनले गर्नुभएको थियो।