नेपालमा थपिए ४१२ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप चार जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या एक हजार नौ सय तीन पुगेको हो । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात दुई प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप चार सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार १ सय ३२ पीसीआर नमूना परीक्षण गर्दा २ सय ३० पुरुष र १ सय ८२ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय पाँच पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ५१ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय ९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १९, प्रदेश दुईमा ९, बागमती प्रदेशमा २ सय ८९ र गण्डकी प्रदेशमा ३८ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ५० र कर्णाली प्रदेशमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ । तिमध्ये ३ हजार ४ सय ९७ जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ५ सय ६१ रहेको छ । आईसीयुमा १ सय ८४ र भेन्टिलेटरमा ३२ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ८३ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ५६ हजार ६ सय ४४ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव चार प्रतिशत रहेको छ । हालसम्म १९ लाख ६९ हजार २ सय ९२ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर तीन सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.