एनआरएन बेल्जियममा एकता, आगामी अक्टोबर सम्म कमल पन्थी र बाकि कार्यकाल लोकेन्द्र नेपाल अध्यक्ष रहने,

0

गैर आबासिय नेपाली संघ बेल्जियमका दुई समिति बीच एकता भएकोछ। एनआरएनए केन्द्रीय पदाधिकारीहरुको रोहबरमा मंगलबार एनसीसी बेल्जियमको एकता भएको हो।

सहमति पत्रमा दुई फरक फरक समितिका अध्यक्ष कमल पन्थी र लोकेन्द्र नेपालले हस्ताक्षर गरेकाछन्। सहमति अनुसार दुई समितिको अस्तित्व स्वीकार गरेर आगामी अक्टोबर ११ सम्म कमल पन्थी एनआरएनए बेल्जियमको कार्यकारी अध्यक्ष रहनेछन, त्यस पछि अर्को अधिबेशन नभए सम्म लोकेन्द्र नेपाल अध्यक्ष रहनेछन्।

एनआरएनए बेल्जियमका कार्यसमितिमा रहेका पदाधिकारीहरु सोहि पदमा वा अन्य पदमा ब्यबस्थापन गरि सबैको सहमति अनुसार आगामी कार्यकाल संचालन गर्ने सहमति बनेकोछ।

साथै अहिले भएको एकता र सहमतिका अन्य निर्णयहरु आगामी साधरण सभाबाट अनुमोदन गराएर बेल्जियमको नेपाली समुदायको स्वीकृति लिने गरि सहमति भएकोछ।

एनआरएनए बेल्जियमको एकताका लागि बेल्जियमका सामाजिक अग्रज एबम एनआरएनए केन्द्रीय पदाधिकारीहरु अध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष लोक दाहाल, रामशरण सिंखडा, महासचिब चिरन्जिबी खड्का, उपमहसचिब अनुजा प्रधान लगायतले सहजीकरण गरेका थिए।
अध्यक्ष शर्माले एकताको पहल गर्ने सबैलाई धन्यबाद दिएकाछन् भने एनसीसी अध्यक्ष कमल पन्थी र लोकेंद्र नेपालले आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता गरेकाछन्।
Kb-yH9

Leave A Reply

Your email address will not be published.