सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

0

काठमाडौं : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलनमा आयोजना गरेर उनले राजीनामा घोषणा गरेका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले बताए । उनी नेकपा ओली पक्षका नेता मानिन्छन् । नेकपा विभाजनसँगै बोहोरा ओली पक्षमा खुल्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ । ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् । बोहरा पनि बाहिरिएपछि अव सुदुरपश्चिम प्रदेश सरकारमा प्रचण्ड-माधव पक्षधर मन्त्री मात्रै रहेका छन् ।

Leave A Reply

Your email address will not be published.