नेपालमा थपिए ४०९ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार सात सय छ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६५ जना पुरुष र १ सय ४४ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ३३ जना संक्रमित थपिएका छन । काठमाडौंमा १ सय ५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १३, प्रदेश दुईमा ५, बागमती प्रदेशमा २ सय ६७ र गण्डकी प्रदेशमा ४१ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ७६ र सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ रहेको छ । तिमध्ये ३ हजार ५ सय २५ जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ६ सय आठ रहेको छ । आईसीयुमा १ सय ९७ र भेन्टिलेटरमा ३० जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ९५ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ५६ हजार १ सय ६१ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा संक्रमणबाट छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ । हालसम्म १९ लाख ६४ हजार १ सय ६० वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर तीन सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.