संसद विघटनविरुद्ध चितवनमा प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

0

चितवन : नेकपा प्रचण्ड-माधव निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्र्तगत उनीहरुले पुत्ला जलाएका हुन् ।

अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पस, सप्तगन्डकी कलेज र नारायणी पोलिटेक्निकका प्रचण्ड–माधव निकट विद्यार्थीले भरतपुरमा पुत्ला दहन गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै सांसद विघटन फिर्ता लिन माग गरेका थिए । सांसद विघटनको निर्णय खारेज नभए विद्यार्थीहरुले देशभर अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.