आज गणेश चतुर्थी मनाइँदै

भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी…

पशुपतिमा दर्शनार्थीकाे भीड

काठमाडौँ \ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)  मा पशुपतिमा दर्शनार्थी भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा…

तीज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताउनुभएको छ । तीजको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले…

आज हरितालिका तीज मनाइँदै, महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज घन्किँदै

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ…

नेपाली मिलन केन्द्र एन्तवेरपेनको तीज, बिदेशमा रमाएका नेपाली चेली,

बेल्जियमको एन्टवेरपेन शहरमा नेपाली महिलाहरुको चाँड तीज उल्लास पूर्वक मनाइएकोछ । नेपाली मिलन केन्द्र एन्तवेरपेनको आयोजनामा भएको तीजमा दिदीबहिनीहरुले सामुहिक दर खाने र नाचगान गरेर तीज मनाएका हुन । ५ सय बढी नेपालीहरुको सहभागिता रहेको…

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौं \ रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव…

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो । सेप्टेम्बर…

प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर : मुख्यसचिव अर्याल

काठमाडौँ \ नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका…

एन्फा महिला लिगमा कोशीले बाग्मती युथ क्लबलाई हरायो

एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले बाग्मती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा कोशीले बाग्मती युथलाई २–१ गोलले हरायो । कोशीका लागि समिक्षा मगरले एक गोल गरिन् भने एक गोल…

तीज शुरु, आज दर खाने दिन

यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा…