नेपाली जनसम्पर्क समिति बेल्जियमले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका गरीब जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बेल्जियममा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएकोछ।
नेपाली जनसम्पर्क समिति स्थापनाको ५०सौ बार्षिकोत्सब एबम नेपाली जनसम्पर्क समिति बेल्जियम स्थापनाको २५ सौ बार्षिकोत्सबको अबसरमा यहि जुलाई महिनाको २८ तारिख सोमबार लुभेनमा आयोजना गरिएको खानपान सहितको च्यारिटी कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरि शैक्षिक सामग्री बितरण गरिने समितिका शभापति सुबाश गुरुङले जानकारी गराउनुभएकोछ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रबक्ता डा प्रकाशशरण महत प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ।
कार्यक्रमको तयारीका लागि समितिका महामन्त्री गोबिन्दशिंह आधिकारीको संयोजकत्वमा रहेको तयारि समितिले ब्यबस्थापनको काम गरि रहेकोछ भने बेल्जियमका बिभिन्न सहरबाट समितिका शुभचिन्तक एबम संघ संस्थाका प्रतिनिधि र युरोपका अन्य देशबाट समेत कांग्रेस समर्थकहरुको उपस्थिति रहने बताइएकोछ ।
१५ युरो रकमको सहयोग टिकेट बितरण तिब्र गतिमा भैरहेको समितिका अर्का महामन्त्री प्रकाशराज गिरीले बताउनु भएकोछ।
नेजसस बेल्जियमले यहाका सबै संघ संस्थालाई निमन्त्रणा पठाएकोमा कारणबस प्राप्त नभएमा पनि सार्बजनिक सूचनालाई आधार मानि यो परोपकारी अभियानमा सहभागी भै सहयोग गरिदिन अनुरोध गरेको छ।