काठमान्डौको इटाखेल टोलमा स्थानिय समाजसेबी र बेल्जियम निवासी एनआरएन तथा यूवा व्यवसायी सुदर्शन सिंखडा सहितको बैठकले खेलकुद भवन निर्माण, स्वास्थ्य चौकी भवनको व्यवस्थापन, तथा वृक्षारोपण कार्यक्रम सञ्चालन सम्बन्धी तीन प्रमुख विषयमा छलफल गरेर तिन बुदे कार्ययोजना तयार गरेकोछ।
इटाखेल टोल विकास संस्थाका अध्यक्ष वसन्त थापाको अध्यक्षतामा भएको बैठकबाट निम्न बुदामा कार्ययोजना पारित भएको हो।
#खेलकुद भवन निर्माणका लागि सरकारले विनियोजन गरेको सार्वजनिक रकमलाई स्थानीय स्तरमा सहयोग र समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरियो।
#स्वास्थ्य भवन निर्माणमा समेत सरकारी बजेटको उपयोग गरी सरोकारवाला निकायहरूसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइनेछ।
#वृक्षारोपण कार्यक्रम इटाखेल चौकको सार्वजनिक ठाउँहरूमा सरसफाइ तथा हरियाली अभिवृद्धिका लागि सञ्चालन गरिने निर्णय गरियो।
बैठकमा सरोकारवाला स्थानिय र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो र आगामी दिनमा सामाजिक र परोपकारी काममा सहकार्यको प्रतिबद्धता जनाएका थिए।
उक्त अभियान सफल बनाउन वसन्त थापाको अध्यक्षतामा रहेको निम्न समितिले काम गर्ने भएकोछ।
अध्यक्ष बसन्त थापा, उपाध्यक्ष: विमल थापा,सचिव: सागर प्र. पौडेल, सहसचिव: निजजु राई, सदस्यहरू: कमल थापा, सर्मिला ढकाल, शोभा पौडेल , जेनिसा आगा , जमुना बादिकार,कपिल पौडेल, बच्चुराम ढकाल, दिलिप थापा, सहदेब भुजेल र सल्लाहकारहरू: राधाकृष्ण ढकाल, जनक थापा, प्रद्युम्न पौडेल, अतिथि सल्लाहकार: सुदर्शन सिंखडा रहनुभएकोछ,
बैठकमा सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो र इटाखेल क्षेत्रको समग्र विकासमा सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।