बेल्जियममा सिसेक्पा तंग्नाम सहित युरोप स्तरीय दोश्रो प्राज्ञिक बहस र याक्थुंग चुम्लुङ्ग सम्मेलन सम्पन्न,

0

चारदिशा, एन्तवेरपेन (बेल्जियम) — किराँत याक्थुङ चुम्लुङ बेल्जियमको आयोजनामा लिम्बू समुदायको कला, संस्कृति, धर्म, संस्कार तथा परम्पराको वास्तविक, वैज्ञानिक र पौराणिक आधारबारे बुझ्ने उद्देश्यले दुइ दिने ‘लिम्बुवान प्राज्ञ संवाद’ एबम सिसेक्पा तंग्नाम ( साउने संक्रान्ति ) मेला सम्पन्न भएकोछ। सोहि अवसरमा युरोपस्तरीय याक्थुङ्ग चुम्लुङ्ग सम्मेलन पनि गरिएकोछ।

बेल्जियमको लुबेन सहरमा आयोजित प्राज्ञ सम्बाद एबम एन्तवेरपेनमा सम्पन्न सिसेक्पा तंग्नाममा लिम्बू समुदायका सांस्कृतिक चाडपर्व, धार्मिक ग्रन्थ मुन्दुममा वर्णित दर्शन, परम्परागत संस्कार तथा तिनको वास्तविक अर्थबारे कार्यपत्र प्रस्तुत गरिएका थिए। कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सांस्कृतिक चलनचल्तीका विषयमा जिज्ञासा राख्दै लिम्बु विद्वानहरुसंग अन्तरक्रिया गरेका थिए। सिसेक्पा तंग्नाममा लिम्बु नाच, धान नाच, च्याब्रुंग बाजन, मैत्रीपूर्ण फूटबल लगायतका मनोरंजनात्मक बिभिन्न गतिबिधि भएका थिए।

लिम्बू विद्वान् प्रेमचन्द्र लिम्बूले लिम्बु धार्मिक ग्रन्थ मुन्धुममा वर्णित जन्मदेखि मृत्यु संस्कारसम्मका परम्परागत कर्म, पौराणिक तथा धार्मिक संस्कार, मुन्दुममा वर्णित दर्शन र मूल्य–मान्यताबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी अर्का लिम्बु प्राज्ञ विश्वासदीप तिगेलाले नेपाली राजनीतिमा लिम्बू समुदायको सहभागिता र सामाजिक राजनैतिक प्रभाबबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

कार्यपत्र प्रस्तुत गर्दै वक्ताहरूले लिम्बू समुदायको घट्दो जनसङ्ख्या, बिस्तारै हराउँदै गएको संस्कार, राज्यबाट पर्याप्त संरक्षण र प्रोत्साहनको अभाव, समुदायमा शिक्षा तथा स्वास्थ्य चेतनाको अवस्था लगायतका विषयमा चिन्ता व्यक्त गरेका थिए।

साथै ताप्लेजुङमा प्रस्तावित केबलकार परियोजना, विजयपुर क्षेत्रमा रहेका ऐतिहासिक शिलालेखको संरक्षण, सांस्कृतिक सम्पदाको सुरक्षा तथा राज्य पुनर्संरचनाका क्रममा लिम्बू समुदायमाथि परेको नकारात्मक प्रभाब र जनसंख्याको घट्दो अबास्था बारे छलफल भएको थियो।

सहभागीहरुले राखेका जिज्ञाशामा तिगेला र लिम्बुले शाश्त्र र संस्कार अनुसार लिम्बु समुदायले निभाउनु पर्ने कर्तब्य र रितिरिवाज बारे जानाकारी गराउनु भएको थियो।

 

कार्यक्रममा बेल्जियमसहित जर्मनी, माल्टा, पोर्चुगल, बेलायतलगायत युरोपका विभिन्न देशबाट लिम्बू समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। किराँत याक्थुङ चुम्लुङ माल्टाका अध्यक्ष प्रेम फोम्बो लिम्बू, जर्मनीका अध्यक्ष सन्चमान जाबेगु, पोर्चुगलका अध्यक्ष रुक्मान केरुङ तथा बेल्जियममा रहेका विभिन्न जातीय एअबम सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले आदिवासी जनजाति समुदायको उत्थानका लागि नेपाल सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले प्राथमिकता दिनुपर्ने र मुन्दुमले निर्देश गरेका संस्कार तथा जीवनपद्धतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

प्रज्ञा बहस कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत सेवालम्सालले यस्ता कार्यक्रमहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले आफ्ना भाषा, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा किराँत याक्थुङ चुम्लुङ बेल्जियमले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

बहस कार्यक्रमको सहजीकरण कुमार लिम्बूले र सिसेक्पा तंग्नाम कार्यक्रमको संचालन कियाचु बेल्जियमका सचिब कला लिम्बुले गर्नुभएको थियो। अतिथिहरुलाई उपाध्यक्ष पेमावाती लिम्बुले स्वागत गर्नु भएको थियो।

आयोजक संस्थाका अध्यक्ष बदन योङहाङले सहभागी सबैलाई धन्यवाद दिँदै प्राज्ञिक र सांस्कृतिक संवादमार्फत समुदायबीच ज्ञान आदानप्रदान, अनुभव साटासाट र आफ्नो पहिचानप्रतिको चेतना अभिवृद्धि भएको बताउनुभयो। यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिने उहाँको भनाइ थियो। उहाँले प्राज्ञिक बहस र तंग्नाम कार्यक्रममा सहयोग गर्ने संघ संस्थान, लिम्बु प्राज्ञहरु,छिमेकी देशका प्रतिनिधि एबम बेल्जियमका संघ संस्था एबम खेलाडीहरुलाई संस्थाको तर्फबाट धन्यबाद दिनुभयो ।

कार्यक्रममा लिम्बू विद्वान् विश्वदीप्ति केला र प्रेमचन्द्र लिम्बूलाई विशेष सम्मान गरिएको थियो। साथै जर्मनी, माल्टा, बेलायत र पोर्चुगलबाट सहभागी भएका लिम्बू अगुवाहरू, खेलाडीहरु र सभयोगीहरुलाई पनि सम्मान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूलाई नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङ र बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले कदरपत्र तथा फूलगुच्छा प्रदान गर्नुभएको थियो। सिसेक्पा तंग्नाम मेलाका प्रमुख अतिथि रहनु भएका लिम्बु अग्रज तेज बहादुर फागो लिम्बु र बेल्जियम अध्यक्ष बदन योङ्गहाङ्ग लगायतले मायाको चिनो सहित सम्मान गर्नुभएको थियो।

मनोरन्जनात्मक सिसेक्पा तंग्नाम सहित भएको युरोप स्तरीय दोश्रो प्राज्ञिक बहस र याक्थुंग चुम्लुङ्ग सम्मेलनले निम्न बमोजिम ५ बुदे घोषणापत्र जारि गरेकोछ।

 

Leave A Reply

Your email address will not be published.