नेपाली जनसम्पर्क समिति बेल्जियमले मनायो रजत महोत्सब , नेपाली कांग्रेसका प्रबक्ता डा महतद्वारा मातृभूमिमा सामाजिक कार्यका लागि प्रवासमा कार्यक्रम भएकोमा खुसि व्यक्त,

0

नेपाली जनसम्पर्क समिति बेल्जियमले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव अर्थात “रजत महोत्सव”, भव्य रूपमा सम्पन्न गरेको छ। लुभेनस्थित केसलो पार्कमा आयोजित विशेष कार्यक्रमबीच भेटघाट, शुभकामना आदान-प्रदान, बार्बेक्यु भोज, र पूर्व अध्यक्षहरूको सम्मानसहित रजत महोत्सव मनाइएको हो।

रजत महोत्सवको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उहाँले विदेशमा रहँदा पनि मातृभूमिप्रति स्नेह राख्दै सामाजिक र राजनीतिक सचेतनाको सन्देश फैलाउने कार्यमा नेपाली जनसम्पर्क समितिको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

महतले प्रवासमा बसेका नेपालीहरूले मातृभूमिसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले सामाजिक कार्यलाई नेजससले प्राथमिकता दिएकोमा धन्यबाद दिनुभयो।

उहाले अहिलेको संविधानले विदेशमा बस्ने नेपालीहरुलाई नेपाली नागरिक सरहको राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार दिएको छ भन्दै सहज कार्यान्वयनका लागि थप कानून बनाउन आवश्यक छ र त्यसका लागि नेपाली कान्न्ग्रेसले पहल गरिरहेकोछ भन्नुभयो।

युरोप आउनु अघि एनआरएन नागरिकताका बारेमा बुझेको र त्यसबारेका आबस्यक नितीनियम छिट्टै जारि हुने जानकारी गृहमन्त्रालयबाट पाए भन्दै धर्य गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले प्रवासको नेपाली समुदायमा मातृभूमिका लागि केहि गरौ भन्ने चाहना रहेको र त्यसका लागि नेपाली दुतावासले समन्वय र सहजीकरण गर्न तयार रहेकोछ भन्नुभयो। राजदुत लम्सालले एकतामा बल हुने भएकोले नेपाली समुदायको एकता पहिलो प्राथामिकता हुनु पर्छ र त्यसका लागि एनआरएनए भित्र एकता आबस्यक्छ भन्नुभयो।

कार्यक्रममा जनसम्पर्क समितिका पूर्व अध्यक्षहरू पूर्ण तिमिल्सिना, सीता सापकोटा, सुबाश जोशी, गंगाधर गौतम, र इन्द्र क्षेत्री पकवानले समितिका बारेमा आफ्ना कार्यकालका अनुभब र भविष्यमा संगठनले गर्नु पर्ने कार्यका बारेमा सुझाब सहित आफ्ना धारणा राख्नु भएको थियो।

उहाहरुले संगठनले रजत महोत्सब मनाउन सफल भएकोमा यसका लागि निरन्तर सहयोग गर्ने बेल्जियमको नेपाली समुदाय र नेपाली कांग्रेस पार्टिलाई धन्यबाद दिनुभयो।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष, एबम नेपाली जनप्रगतिशील मंच युरोपका अध्यक्ष चित्र सुबेदी, एनआरएनएका उपाध्यक्ष लोक दाहाल, एनआरएन बेल्जियम कि पूर्व अध्यक्ष कांग्रेस नेत्री जानकी गुरुङ, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री महेस्वरी कुँवर, रक्षा नेपालकि मिता राई लगायतले नेपाली जनसम्पर्क समितिले शैक्षिक सहयोग जस्तो परोपकारी उद्यस्य सहित रजत महोत्सब मनाएकोमा खुसि व्यक्त गर्दै शुभकामना र बधाई दिनुभएको थियो।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ, प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेले पनि नेपाली जनसम्पर्क समितिको २५सौ बार्षिकोत्सबको शुभकामना व्यक्त गर्नुभएको थियो।

महोत्सवमा संकलन भएको रकम ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा शैक्षिक सामग्री वितरण गर्न खर्च गरिने समितिका अध्यक्ष सुबाश गुरुङले जानकारी दिनुभयो। गुरुङले समितिले थालेको परोपकारी अभियानमा सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यबाद ज्ञापन गर्नु भयो।

नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री एबम कार्यक्रम ब्यबस्थापन समिति संयोजक गोबिन्द सिंह अधिकारीले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रम बारे जनाकारी गराउनुभएको थियो।

कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री प्रकाश गिरीले गर्नु भएको थियो।

जनसम्पर्क समितिको यो रजत महोत्सवले प्रवासमा रहेका नेपाली समुदायबीच एकता, सहयोग र मातृभूमिप्रतिको समर्पणलाई पुनः पुष्टि गरेको  कार्यक्रममा उपस्थित नेपाली जनसम्पर्क समितिका सदस्य एबम शुभेच्छुकहरुको राय रहेकोछ।

 

Leave A Reply

Your email address will not be published.