नेपाली मिलन केन्द्र एन्तवेर्पेनले २५ अगस्तमा तीजको दर खुवाउने कार्यक्रम गर्दै, नेपाली बसोबास भएका अन्य सहरमा पनि तीज मनाइदै ,
एण्टवर्पेन (बेल्जियम) — बेल्जियमस्थित नेपाली समुदायले यस वर्षको तीज विशेष दर खाने कार्यक्रम भव्य रुपमा मनाउने तयारी गरि रहेकाछन। बेल्जियमका बिभिन्न सहरमा स्थानीय संघ संस्थाले नेपाली महिलाहरुको पर्ब तीजमा सांस्कृतिक, मनोरजनात्मक कार्यक्रम सहित दर खाने कार्यक्रम आयोजना गरेका छन।
युरो नेपाल कलाकार समाज बेल्जियमले लुभेनमा १६ अगस्त, एभरेस्ट नेपाली समाज ब्रुगेले गायिका शान्तिश्री परियारको प्रस्तुति सहित २० अगस्त, नेपाल ब्रुसेल मिलन केन्द्रको २४ अगस्तमा, दर खुवाउने कार्यक्रम आयोजना गरेकाछन।
एन्त्वेर्पेनका दिदीबहिनीहरुका लागि सधै झैँ यस बर्ष पनि नेपाली मिलन केन्द्र, एण्टवर्पेनको आयोजनामा आगामी २५ अगस्ट २०२५, सोमबार बेलुकी ५:०० बजेदेखि बोतारबानलान दुर्नेमा दर खाने कार्यक्रम हुने भएकोछ।
तीज पर्वको अवसरमा आयोजना हुने दर खाने कार्यक्रममा बेल्जियममा बसोबास गर्ने सबै महिला दिदीबहिनीहरूलाई सहभागी भई रमाइलो गर्न नेपाली मिलन केन्द्र एन्तवेर्पेन द्वारा हार्दिक निमन्त्रण गरिएको छ।
आयोजक नेपाली मिलन केन्द्रका अनुसार, यस कार्यक्रममा नेपाली तीज पर्बका परम्परागत गीत–संगीतमा , नाचगानका साथै दरका परिकारहरूको विशेष व्यवस्था गरिनेछ।
नेपाली मिलन केन्द्रका अध्यक्ष कान्ती अधिकारीले यो कार्यक्रमले विदेशमा रहेका नेपालीबीच आपसी एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै, नेपाली महिलाहरुलाई उत्शाह र हौशला दिने तीज पर्वको कार्यक्रम सफल बनाउन सबैलाई सहयोग र सहभागिताका लागि अनुरोध गर्नुभएकोछ।