एनआरएनए पोर्तुगलमा दीपा काफ्ले,

0

गैर आवासीय नेपाली संघ (NRNA) पोर्चुगलको हालै सम्पन्न निर्वाचनमा दीपा काफ्ले अध्यक्षमा विजयी भएकी छिन्। काफ्लेले ६५० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुजन लामा मोक्तानले २२४ मत प्राप्त गरे ।

यो जितसँगै काफ्ले NRNA पोर्चुगलको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन। एनआरएनए पोर्तुगलमा काफ्लेको चयनले प्रवासी नेपाली समाजमा महिला नेतृत्वको नयाँ सम्भावना र प्रेरणा थपेको छ।

कोषाध्यक्ष पदमा अशोक जोशीले ५२६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी सविन पौडेलले ३४८ मत पाए।

कार्यसमितिका अन्य पदमा भने उपाध्यक्षमा प्रेम बहादुर बुढा, गणेश गुरुङ, शिबराज राई,नृपेश गिरी, सुदन निउरे, बिष्णु बहादुर घर्ति, सरस्वति तिमिल्सिना खनाल, महिला उपाध्यक्ष पेमा डोमा शेर्पा, महासचिव गोविन्द बुढाथोकी, सचिब सुरज भण्डारी, पुस्करराज जोशी, सुबाश पौडेल, कोषाध्यक्ष अशोक जोशी, सहकोषाध्यक्ष प्रभा अधिकारी, महिला संयोजक खगिसरा न्यौपाने,युबा संयोजक पेम्बा शेर्पा, लेखा संयोजक सुरेश गिरी लगायत सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।

त्यसै गरि सदस्यहरुमा ज्ञ्नानेंद्र आचार्य, सुनील कुमार तिमिल्सिना, भवानी शंकर कंडेल, हरि देबकोटा,दीपक भण्डारी, नरिश्वर न्यौपाने,कबिता गेलाल, दिनेश पौडेल , बिनोद केसी, सुबाश आचार्य पनि निर्बिरोध निर्बाचित भएकाछन्।

निर्वाचन प्रक्रियामा केही प्राविधिक विवाद भए पनि निर्वाचन समिति र उम्मेदवारबीच आपसी समझदारीमा समाधान गरिएको थियो। निर्वाचनको पारदर्शिता र प्रविधिको प्रयोगले आगामी दिनमा अझ व्यवस्थित निर्वाचन प्रणाली विकास गर्ने मार्ग प्रशस्त गरेको छ।

दीपा काफ्लेले विजयीपछि भनिन्, “यो केवल मेरो जित होइन, सम्पूर्ण प्रवासी नेपाली महिलाहरूको जित हो। अब हामी समावेशी नेतृत्व र सहयोगको भावना लिएर अघि बढ्नेछौं।”

यो निर्वाचनले पोर्चुगलको नेपाली समाजमा लोकतान्त्रिक अभ्यास, महिला सहभागिता र नेतृत्व विकासमा नयाँ ऊर्जा थपेको छ।

 

Leave A Reply

Your email address will not be published.