जीबन बिज्ञानका संस्थापक गुरुहरु बेल्जियम आउदै, ९ अगस्तमा लुभेनमा सत्संग हुने,

0

जीबन बिज्ञान प्रतिष्ठान नेपालका संस्थापक जीबन बिज्ञान बिज्ञ गुरुहरु एलपी भानु शर्मा र रमेश नेपाल बेल्जियम आउनु हुने भएकोछ।

‘स्वास्थ्य, शान्ति र आरोग्य पर्यटनका लागि: स्व जागरण’ नामक सत्संग कार्यक्रमका लागि उहाँहरु बेल्जियम आउन लाग्नु भएको हो। कार्यक्रमको आयोजना जीवन बिज्ञान बेल्जियमले गर्न लागेको छ।

अगस्त ९ तारिख सनिबार बिहान ९:००-१२,३० बजे सम्म Don Bosco Centrum, Ortolanenstraat 6, 3010 Kessel‑Lo, Leuven हुने कार्यक्रममा उपस्थित भएर योग र ध्यान मार्फत आत्मिक ज्ञान प्राप्त गर्न आयोजक सबिता दाहालले अनुरोध गर्नुभएकोछ।

उक्त सत्संगमा गुरुद्वयबाट स्वास्थ्य, मन–शान्ति र आरोग्य पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने लक्ष्यसहित जीवन विज्ञानका सिद्धान्त, योग तथा ध्यानका बारेमा चर्चा गर्नुका साथै अभ्यास पनि गराउनुहुनेछ।

जीबन बिज्ञान प्रतिष्ठानले नेपाल र बिश्वका बिभिन्न भागमा स्वस्थ, जागरुक, र सामाजिक हितको चेतना भएको व्यक्ति, परिवार र समाज बनाउनका लागि योग र ध्यानका अभियान चलाई रहेकोछ।

संयुक्त राज्य अमेरिका र युरोपका अन्य देशका भ्रमणका क्रममा बेल्जियमका नेपाली समुदाय संग स्वास्थ्य, शान्ति र आरोग्य बिषयमा अन्तरक्रिया सहितको सत्संगका लागि गुरुहरु बेल्जियम आउन लाग्नु भएकोहो।

Leave A Reply

Your email address will not be published.