एनआरएनए स्थापना दिवसमा काठमाडौँमा लगानी सम्मेलन हुने,

0

गैर आबासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर काठमान्डूमा लगानी सम्मेलन गर्ने भएकोछ। प्रवासका नेपालीहरुको हकहित र एकताका लागि सुरु भएको एनआरएन अभियान मातृभूमिको सम्ब्रिधिका लागि पनि ज्ञ्नान शिप र पुजी लगानी गरेर नेपाल सरकार संग साझेदारी गर्दै आइरहेकोछ।

सो अभियानलाई बर्तमान अबस्थामा कसरि अगाडी बढाउने बारेमा हालै एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको पाँचौं बैठकले एनआरएनए दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसिसीका महासचिव बाबुराम (बी आर) लामाले जानकारी दिए।

नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने एनआरएनएले जनाएको छ।

सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव लामाले बताए।

यसैगरी अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगष्टमा हुने युरोप भ्रमण पनि स्वीकृत गरेको छ।

अगष्ट महिनामै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघका प्रवक्ता गंगाधर गौतमले बताए।

यस्तै सेप्टेम्बरमा आइसिसीले विधान सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

युएईमा सेप्टेम्बर २१ मा विधान सम्मेलन गरी विधानमा अहिले देखिएका वाधाहरू फुकाइने संघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.