नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले मनायो ३१सौ बिश्व आदिवासी दिवस,

0

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमले “अधिकार सहितको पहिचान, नेपाल आदिवासी जनजाति महासंघको साझा अभियान” को मूल नारा सहित ३१ विश्व आदिबासी दिवस मनाएकोछ।

३१औ विश्व आदिवासी दिवसका दिन ९ अगष्टमा बेल्जियममा सक्रिय जनजातीय संस्थाहरुको सहआयोजनमा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमद्वारा आयोजित कार्यक्रममा बेल्जियम स्थित बिभिन्न संघ संस्थाहरुको सहभागिता थियो।

“प्राकृतिक श्रोत जल ,जमिनर जंगलमा संयुक्त आदिबासीको अधिकार सुनिश्चित गर ,आईएल ओ १६९ अनुरूप सर्बोच्च अदालतको निर्देशन कार्यान्वयन गर “ दबाबमुलक नारा लिखित मुक्य ब्यानरमा प्रदेश सरकारहरुले गरेका आदिबासी जनजाति पक्षीय निर्णयहरु उल्लेख गरि नेफिन बेल्जियमले सम्मान व्यक्त गरेको थियो।

बागमती प्रदेश सरकारले तामाड्. र नेपाल भाषा अनि गण्डकी प्रदेश सरकारले मगर र गुरूंग भाषालाई सरकारी कामकाजको भाषाको बैधानिक मान्यता दिएकोमा,  कोशी प्रदेश सरकारले प्रदेश संसदमा लिम्बु र मैथली भाषालाई प्रस्ताब गरेकोमा दीप प्रज्वलन गरि खुसियाली व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास बेल्जियमका तृतीय सचिब रमेश गैरेले गौरबमया सांस्कृतिक सम्पदा भएको आदिवासी जनजाति महासंघको कार्यक्रम सरिक भई शुभकामना दिन पाउदा खुसि लागेको बताउदै आफ्नो कला संस्कृतिको जगेर्ना गर्न आफ्नो घरपरिवार भित्र त्यसको अभ्यास भएमा पहिचानको पुस्तान्तरण र संरक्षण हुने बताए। सबै नेपाली जातिको भाषा संस्कार संस्कृतिको सम्बर्धन प्रबर्धन राष्ट्रीय गौरबको विषयलाई महासंघले बिभिन्न कार्यक्रम मार्फत अगाडी बढाइरहेकोमा दुताबासको तर्फबाट धन्यबाद दिनुभयो।

कार्यक्रमकि बिशेष अतिथि अनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटाले नेफिन बेल्जियमसंग सधै हातेमालो र सहकार्य गर्दै आइरहेको र भविष्यमा पनि यसको
निरन्तरताको प्रतिबद्धता ब्यक्त गर्नुभयो।

नेपाली समाजको एकता हामि सबैको प्रमुख दायित्व भएकोले समाज एक ढिक्का भएर प्रकृयागत ढंगले अगाडी बढाउनु पर्छ भन्नुभयो। सापकोटाले एनआरएनएको नाममा केहि विबाद जस्तों देखिए पनि सामाजिक बिखन्डन बिरुद्ध नीति नियम बिधि बिधानको पालना गर्दै एनआरएनए बेल्जियम अघि बढिरहेकोले कोहि पनि भ्रमित भएर एनआरएन अभियानमा साथ दिन अनुरोध गर्नुभयो।

बिश्व आदिबासी दिवसमा शुभकामना दिदै नेफिन बेल्जियमका निवर्तमान अध्यक्ष बिरमान घर्ती मगर, मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिड् राई, किरात याक्थुङ्ग चुम्लुंगका अध्यक्ष बदन योड्हाड्. , तामांग समाजका कोषाध्यक्ष मानु घिसिड्. , तमु समाज बेल्जियम अध्यक्ष राम घलेले अधिकारको  लागि आवाज उठाउदै नेपाल सरकारसंग भाषा संस्कृति जोगाउन दबाबमूलक सहकार्य गर्नु पर्ने सुझाब दिनुभयो।

नेपाली जन प्रगतिशिल मंच बेल्जियम अध्यक्ष मनिष गुरूंगले आदिवासी अधिकारका लागि नेपाल सरकारले संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गरेता पनि आदिवासीको प्रकृतिक श्रोत साधन माथिको स्वअधिकार र लाभांश सम्बन्धमा नेपाल सरकारले नीतिनियम बनाएर लागु गर्नु पर्ने बताउनुभयो।

प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले आदिवासी दिवसको शुभकामना संदेश पठाउनुभएको थियो।

कार्यक्रम संयोजक ओमराज गुरूंग र सहसंयोजक कल्पना मगर रहेको कार्यक्रममा उपाध्यक्ष मुना राईले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको संचालन महासचिब रबिन बान्तवाले गर्नुभएको थियो ।  कार्यक्रममा बिभिन्न जातीय र सांस्कृतिक झाकी र न्रिया प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमकि अध्यक्ष प्रविना गुरूङ्गले “ अधिकार सहितको पहिचान” भन्ने मुल नारामा बेल्जियम स्थित सबै जातीय संस्थाहरू सहमत भई गतिविधि अगाडी बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

आईएलओ र युएन चार्टमा उल्लेख गरिएका आदिवासीका अधिकार अझै प्राप्त हुन नसकेकोले त्यस्ता अधिकार प्राप्तिका निम्ति महासंघले निरन्तर दबामुलक अभियान चलाउने बताउनुभयो। साथै सहयोग र समन्वयका लागि सम्बद्ध सबैलाई धन्यबाद दिनुभयो।

Leave A Reply

Your email address will not be published.