बाग्लुङ्ग समाज बेल्जियममा नयाँ नेतृत्व, छैठौ अधिबेशनबाट हरि रोका अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन,
बाग्लुङ्ग समाज बेल्जियमको अध्यक्षमा हरि रोका सर्बसम्मत निर्बाचित हुनुभएकोछ ।
सोमबार लुभेनमा भएको समाजको छैठौ अधिबेशनले रोकाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष बिदुर केसी, उपाध्यक्ष द्वय प्रभात पौडेल र जमुना शर्मा, महासचिब दीपक सापकोटा, सचिब द्वय सन्धर्भ पुन मगर र सुनिता महत,कोषाध्यक्ष हरि शर्मा,सहकोषाध्यक्ष रन्जिता बिसी र सुभास क्षेत्रीलाई सर्बसम्मत चयन गरेको हो।
त्यसै गरि सदस्यहरुमा दुर्गा सापकोटा ,परमानन्द सापकोटा, केदार पौडेल, प्रेम सुबेदी, सुबाश गौतम, बिदु रेग्मी पाण्डे, हरि खड्का, गङ्गा क्षेत्री, स्मृति केसी, नारायण शर्मा कंडेल, र शंकर केसी चयन हुनुभएको ।
बाँकी सदस्य कार्यसमितिले चयन गर्ने निर्बाचन समिति संयोजक दिपेन्द्र केसीले बताउनुभएकोछ।
बाग्लुंङ्ग समाज बेल्जियमको छैठौ अधिबेशनलाई प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, बिशेष अतिथिहरु एनआरएनएका प्रबक्ता गंगाधर गौतम, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजका अध्यक्ष गङ्गा शर्माले सफलताको शुकामना दिनुभएको थियो।
त्यसै गरि क्याट बेल्जियम अध्यक्ष इश्वरी प्रसाद कंडेल, एनआरएनए आइसिसी सदस्य मदन दवाडी, नवलपुर समाजका अध्यक्ष नरहरि सापकोटा, नेबाब अध्यक्ष चिरन कुमार खवास, नेपाली जनसम्पर्क समिति अध्यक्ष सुबाश गुरुङ,मगर संग बेल्जियम अध्यक्ष कल्पना मगर,नेपाली जना प्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ,एनआरएनए महिला संयोजक अनुजा प्रधान, स्वतन्त्र प्रवास सम्पर्क मंच सल्लाहकार माधब सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा लगायतले पनि बाग्लुङ्ग समाज बेल्जियमको छैठौ अधिबेशनको सफलताको शुभकामना दिनुभएको थियो।
समाजका उपाध्यक्ष धर्म पाठकले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो। समाजका महासचिब प्रभात पौडेलले संचालन गरेको उद्घाटन समरोहको समाजका अध्यक्ष महेन्द्र पन्तले शाभापतित्वमा भएको थियो।