गण्डकी र लुम्बिनीको प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेललाई हटाइयो

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले दुई नेतालाई प्रदेश इन्चार्जबाट हटाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने

मन्त्रिपरिषद विस्तारबारे सर्वोच्चले माग्यो सरकारसँग कारण

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अनिल सिन्हाको एकल इजलासले सोमबार कारण देखाउ आदेश दिएको हो ।

नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ४ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार चार सय एक नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४४ जना पुरुष र १ सय ५९ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस

एनआरएनको विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

काठमाडौं : विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नौ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ गरेको हो । उनी श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका

भारत लैजाँदै गरिएका ४ महिलाको कञ्चनपुरबाट उद्धार

कञ्चनपुर : पश्चिमी सीमा नाका हुँदै भारत लगिदैँ गरेका चार जना महिलाहरुको कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारतको दिल्ली जान लागेका झापाको दमक नगरपालिका ७ बस्ने १८ वर्षीया मातृका घिमिंरे,

पत्नी सीताको उपचारका लागि दाहाल भारत प्रस्थान

काठमाडौं : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । पत्नी सीताको उपचारका लागि दाहाल सोमबार नेपाल एयरलाइन्सको सोमबार बिहान ११ बजेको उडानबाट भारत प्रस्थान

पत्नी सीताको उपचारका लागि आज भारत जाँदै दाहाल

काठमाडौं : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज भारत जाँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन् । उनी विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । दाहालले

विघटित संसद पुनर्स्थापना हुन नसक्ने सर्वोच्चलाई सरकारको जवाफ

काठमाडौं : सरकारले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई संसद् पुनस्र्थापना हुन नसक्ने जवाफ पठाएको छ । अदालतको कारण देखाउ आदेश अनुसार सरकारले आइतबार महान्यायाधिवक्ताको कार्यालयमार्फत यस्तो जवाफ अदालतमा पठाएको हो । सर्वोच्च अदालतको

पाकिस्तानमा ११ मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लियो

एजेन्सी : पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । शनिवार मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै हत्या गरिएको थियो । हतियारधारीहरूले मजदुरहरूलाई