नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा थप ४ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार चार सय एक नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४४ जना पुरुष र १ सय ५९ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ८५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १३, प्रदेश दुईमा १६, बागमती प्रदेशमा २ सय २१ र गण्डकी प्रदेशमा ४५ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ७० र सुदूरपश्चिम प्रदेशमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ । तिमध्ये ३ हजार ५ सय २१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय ७४ रहेको छ । आईसीयुमा २ सय नौ जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ५ सय ९४ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ५५ हजार ८८ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो चौबीस घण्टामा संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ । हालसम्म १९ लाख ५२ हजार ९ सय तीन वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर तीन सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.