पत्नी सीताको उपचारका लागि आज भारत जाँदै दाहाल

0

काठमाडौं : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज भारत जाँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन् ।

उनी विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । दाहालले आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लैजान लागिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.