पाकिस्तानमा ११ मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लियो

0

एजेन्सी : पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । शनिवार मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै हत्या गरिएको थियो ।

हतियारधारीहरूले मजदुरहरूलाई सामूहिक वासस्थलवाट अपहरण गरेर नजिकैको पहाडमा लगेका हत्या गरेका थिए । न्याय माग्दै पीडितका परिवारले प्रदर्शन समेत गरेका छन् ।

प्रधानमन्त्री इमरान खानले सो घटनालाई अमानवीय आतंककारी कार्य भन्दै निन्दा गरेका छन् । मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् ।

सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गरेका छन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.