गण्डकी र लुम्बिनीको प्रदेश इन्चार्जबाट गुरुङ र पोखरेललाई हटाइयो

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले दुई नेतालाई प्रदेश इन्चार्जबाट हटाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो ।

लुम्बिनीमा इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई र गण्डकीमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । जिम्मेवारीवाट हटाइएका दुबै नेता नेकपा ओली समूहका हुन् । नयाँ नियुक्त हुने इन्चार्जमध्ये पौडेल पूर्व माओवादी र ज्ञवाली माधव नेपाल समूहका नेता हुन् ।

त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्याइएको छ ।

प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई जिम्मेवारी दिइएको हो ।

Leave A Reply

Your email address will not be published.