प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार…
कर्णालीको विकासलाई प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
वीरेन्द्रनगर \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन…
समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने
काठमाडौँ \ समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका…
थारु समुदायले गुरही पर्व मनाउँदै
धनगढी \ पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा…
यसरी मनाउँदै कर्णालीले स्थापना दिवस, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
सुर्खेत \ आज कर्णाली प्रदेश स्थापना दिवस । २३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम…
राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।
राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक…
आज श्रावण शुक्ल पञ्चमीः नागपञ्चमी पर्व मनाइँदै
नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ ।
यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा…
सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन
काठमाडौँ \ बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे…
इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि
एजेन्सी \ इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलकाे उपाधि जितेकाे छ ।
आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे…
संसद अवरोध खुलाउन जुटेन सहमति
काठमाडौं \ संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ ।
प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु…