राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

0

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।

राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि शितल निवासमा बोलाउनुभएको हो ।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.