विवादित व्यापारिहरु दिपक भट्ट र शंकर समुहको कम्पनीमा गरेको शेयर लगानी लुकाएको भन्दै तीव्र आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्रि बालेन शाहको बिशेष चाहनामा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले बिबादित व्यापारीहरु संगको साझेदारी बारेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा घोषणा गरेका हुन्।। नागरिक स्तरबाट समेत शेयरका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताउँदै उनले पद भन्दा नैतिकता र जनविश्वास ठूलो भएको जिकिर गरेका छन्।पछिल्लो समय सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जेनजी आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने राजिनामा सन्देशमा बताएकाछन।
‘४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकार जबाफदेही बन्नुपर्ने भन्दै गुरुङले आफ्नो राजीनामा वक्तव्यमा भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको बाझिने अवस्था नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु।’
आफ्नो राजिनामा बक्तब्यमा गुरुङ जेनजी युवाहरु र पत्रकारहरुलाई समेत जिम्मेवार बन्न आग्रह गर्दै आफ़ुबारेको समाचार बारेमा आक्रोस पोखेकाछन।