एनआरएनए बेल्जियमको बिबाद अन्त्य गरि एकता गर्न ब्यापक जनदबाब,

0

विदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनएमा नेतृत्व बिबादले नेपाल सरकार देखि देश विदेशका नेपालीहरु चिन्तित र रुष्ट छन् । आफुले छानेका प्रतिनिधि मार्फत आफ्नो समुहलाई नेतृत्वमा स्थापित गराउने कुत्सित मनसायले एनआरएनए आइसिसिको नबौ महाधिबेशनबाट सुरु भएको संस्थागत झमेला अहिले आएर बिभिन्न गुट उपगुटले पद भाग लगाएर मिलाउने प्रयास गरेकाछन्।

सधैको झगडा भन्दा यसैलाई मानि दिउ भन्ने मानसिकता सरकार देखि देश विदेशका नेपालीहरु सबैमा पलाएकोछ।

केन्द्रको बिबाद राष्ट्रीय समितिमा नपुग्ने कुरै थिएन । एनसीसी बेल्जियमको गत अधिबेशन पनि एमाले र कांग्रेस गुटले अलग अलग अधिबेशन आयोजना गरेर दुई जना अध्यक्ष र कार्यसमिति बनाए पछि भने नेपाली दुतावास देखि यहाका स्थानीय संघ संस्थालाई कसलाई मान्य कसलाई नमान्ने भन्ने द्विविधा अन्योल आज सम्म कायम थियो ।

तर आज भने एउटा सुखद संयोग बन्यो धादिङ्ग समाज बेल्जियमको तेश्रो अधिबेशन। अन्य संघ संस्थाले कार्यक्रम गर्दा दुईवटै कार्यसमितिलाई नजर अन्दाज गर्ने गरेका थिए, अरुलाई सम्बन्धित संस्थाको अध्यक्ष ज्यु भनेर आसन ग्रहण गराउदा अध्यक्षहरु कमल पन्थी र लोकेन्द्र नेपाल सहभागी भएमा उहाहरुलाई एनआरएनए अभियन्ता भनेर बोलाउने गरेका थिए। तर एनआरएनए केन्द्रमा दुई दर्जन बढी उपाध्यक्ष एक दर्जन बढी सचिब आदि लगायतका पद भागबन्डा गरेर मिलाए पछि केन्द्रको बिबाद मत्थर भएको अबस्थामा यता पनि छिट्टो मिल भनेर दबाब बढेकोछ।

पहिलो पटक एउटै मंचमा बिशेष अतिथिको रुपमा संगै निम्त्याइएका पन्थी र नेपाललाई राजदुत सेवा लम्साल लगायत बेल्जियमका सामाजिक राजनीतिक, जातीय, क्षेत्रीय हरेक संस्थाले एउटा मात्र बनाउन दबाब दिए । एनआरएनएको बिबादले समुदायको अरु क्षेत्रमा पनि समस्या देखिएकोले तत्काल एकता गर्न सुझाब दिदै एकीकृत एनआरएनएसंग सहकार्य गरेर सामाजिक काम गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो।

बोल्ने हरेक बक्ताले एउटै एनआरएनए बनाउन दबाब दिए पछि नेपाल र पन्थी दुवै जनाले यथा सिघ्र एकता गर्ने बताएकाछन । तर पनि कुरा पदमा गएर अड्किने देखिएकोछ।
कार्यक्रममा शुभकामना दिने क्रममा नेपालले पन्थीलाई आइसिसिको कुनै पदमा मनोनित हुने गरि आफुलाई एनसीसी छोडी दिन आग्रह गरे भने पन्थीले पनि सोहि कुरा दोहर्याए।

तर पनि जनदबाब ब्यापक भएकोले एनआरएनए बेल्जियमको एकता छिट्टै हुने बिस्वास गरिएकोछ।

Leave A Reply

Your email address will not be published.