सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आज फैशला गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई मान्यता दिने निर्बाचन आयोगको निर्णय सहि रहेको आदेश गरेकोछ ।
शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए । कानुनत महाधिबेशन प्रतिनिधिहरुको माग बमोजिम ततकालिन महामन्त्री गगन थापा र बिश्व प्रकाश शर्माले बोलाएको बिशेष महाधिबेशन बैधानिक रहेको र सो बाट निर्बाचित थापा नेतृत्वको कार्यसमितिनै कांग्रेसको आधिकारी निकाय भएको फैशाला भएको हो।
सर्बोच्च अदालतको आजको फैशलाले नेपालको सबै भन्दा पुरानो पार्टी नेपालि कांग्रेसको बिबाद समाधान भएकोछ।