इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि

0

एजेन्सी \ इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलकाे उपाधि जितेकाे छ ।

आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।

इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.