संसद अवरोध खुलाउन जुटेन सहमति

0

काठमाडौं \ संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ ।

प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलका नेताहरु सहभागी रहेका थिए । तर,प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कार्यव्यस्तताका कारण भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको थियो । उहाँको सट्टामा एमाले नेता सुवासचन्द्र नेम्वाङ बैठकमा सहभागी हुनुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको तस्करीको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

एमालेले सो तस्करीबारे छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै आएको छ । तर सरकार भने उच्च स्तरीय समिति बनाउन सहमत हुन सकेको छैन । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.