नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै निर्बाचित भएकाछन । २७ अप्रिल सोमबार भएको संघको ८औ अधिबेशनले अध्यक्षमा दनै सहित उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की, महासचिबमा भुवन सुबेदी, सचिबमा दिपेश सुबेदी, महिला सचिबमा रिचा गुरुङ र कोषाध्यक्षमा राज पुरी सर्बसम्मत निर्बाचित भएकाछन्।
त्यसै गरि सदस्यहरुमा, देबु श्रेष्ठ लुभेन, उमेश घिमेरे एन्तवेरपेन, र खुला सदस्यमा राजु थापा,भरत जंग क्षेत्री, कुल बहादुर कार्की, सरोज आचार्य पनि सर्बसहमतिमै चयन भएकाछन ।
बाकि क्षेत्रीय सदस्य एबम सहकोषाध्यक्ष कार्यसमितिले पछि मनोनित गर्नेछ । १९ सदस्यीय कार्यसमितिमा निबर्तमान अध्यक्ष चिरन खवास स्वत आमन्त्रित सदस्य रहनेछन।