विभाजित कम्युनिष्ट पार्टी हरियो रंगसँग डराए : कांग्रेस

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले फुटेका कम्युनिष्टहरु हरियो रंगसँग डराएको बताएको छ । बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिष्ट पार्टी हरियो रंगसँग तर्सिएको बताएका हुन् ।

दुई बर्षपछि विदेशी पर्यटकका लागि मलेसिया प्रवेश खुल्ला

मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका

नेकपा एसकाे केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक बुधबारदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना

चुनावी प्रचारमा जुट्दै कांग्रेस, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । 'घरघर जाऔं, कांग्रेस जिताऔंं' नाम दिइएको अभियान

एमाले जनताको पक्षमा लड्ने पार्टी हो : अध्यक्ष ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले परमादेशी र जनादेशीबीच लडाईं रहको बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले परमादेशी र जनादेशीबीच सत्य र असत्यको लडाईं भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौं : ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मंगलबार विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला

माओवादी बैठक : सहमति नजुटेपछि ५० केन्द्रीय सदस्यको नाम मात्र अनुमोदन

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक केही केन्द्रीय सदस्य थप गरेको छ । बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम अध्यक्ष दाहालले प्रस्ताव गरेका थिए । तर,

माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य थपिए (सूचीसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय समितिमा ९७ जनालाई मनोनित गरेका हुन् । माओवादी केन्द्रको केन्द्रीय

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु

ललितपुर : ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । घाइते अवस्थामा भेटिएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा

रुसमा युद्ध विरोधी प्रदर्शन चर्किँदै, एकैदिन ४ हजार बढी प्रदर्शनकारी पक्राउ

एजेन्सी : रुसले युक्रेनमाथि फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ । यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन् । रुसले युक्रेनमा आक्रमण शुरु गरेसँगै विश्वका विभिन्न देशमा युद्ध विरोधी प्रदर्शनहरु