ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु

0

ललितपुर : ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । 

घाइते अवस्थामा भेटिएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुश्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आश्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान रहेका छन् । 

सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । 

आइतबार साँझ खाना खाएर सुतेका उनीहरु सोमबार बिहान मृत भेटिएका हुन् । 

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.